युनिक साकोसद्वारा श्रीकृष्ण मन्दिरलाई एलसिडी हस्तान्तरण ।

युनिक बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्रले बिहीबार खैरहनी–१ साईचोकमा रहेको श्रीकृष्ण मन्दिरलाई ४३ इन्चको एलसिडी टिभी हस्तान्तरण गरेको छ । कार्यक्रममा साकोसका पर्सा सेवा केन्द्रका संयोजक राममणि न्यौपाने र खैरहनी–१ का वडाध्यक्ष नवराज भुसालले मन्दिर व्यवस्थापन समितिलाई संयुक्तरूपमा सो सामग्री हस्तान्तरण गरेका हुन् ।

सेवा केन्द्रका कोषाध्यक्ष केशवप्रसाद रिजालले विगतदेखि नै समुदायलक्षित विविध कार्यक्रम गर्दै आएको सो संस्थाले निरन्तरता दिने क्रममा मन्दिरमा भजन श्रवण गर्न आउने वृद्धवृद्धालगायतका लागि श्रव्य दृश्य सामग्री प्रदान गरिएको बताए । कार्यक्रममा विशिष्टअतिथि रोटरी क्लब अफ पूर्वी चितवनका वर्ष २०२५÷२६ का अध्यक्ष गुणबहादुर अर्याल (महेश)को उपस्थिति रहेको थियो । श्रीकृष्ण मन्दिरका सचिव नारायणप्रसाद भट्टराईले धन्यवाद मन्तव्य राखेको कार्यक्रममा सेवा केन्द्रकी कार्यालय प्रमुख श्रद्धा बगालेले सञ्चालन गरेकी थिइन् 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.