सदस्य भेटघाटलाई प्राथमिकता दिँदै यूनिक सहकारीले मनायो १८ औँ स्थापना दिवस – रत्ननगर, १२ जेठ ।

सदस्य भेटघाटलाई प्राथमिकता दिँदै यूनिक सहकारीले मनायो १८ औँ स्थापना दिवस रत्ननगर, १२ जेठ । यूनिक बचत तथा ऋण सहकारी संस्था लि. रत्ननगर-१ सौराहाचोकले १८ वर्ष पूरा गरी १९औं वर्षमा प्रवेश गरेको अवसरमा स्थापना दिवस मनाएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत मेघनाथ लामिछानेले संस्थापक सदस्य भेला तथा विस्तारित मञ्च कार्यक्रममा जानकारी दिँदै विगत एक महिनादेखि सञ्चालन गरिएका विस्तारित मञ्च बैठकहरूमा २ हजार भन्दा बढी सदस्य प्रत्यक्ष उपस्थित भएको बताए ।

उक्त कार्यक्रममा सदस्यहरूलाई संस्थाको प्रगति, सहकारी क्षेत्रको वर्तमान अवस्था, ऐन-कानुन र मापदण्डबारे जानकारी गराइएको थियो भने उनीहरूबाट सुझाव तथा अपेक्षा सङ्कलन गरिएको थियो । संस्थामा हाल १० हजार ४२९ जना शेयर सदस्य रहेका छन् । शेयर पुँजी १७ करोड ७९ लाख रहेको छ भने कुल कारोबार २ अर्ब ५५ करोड र बचत सङ्कलन २ अर्ब १० करोड पुगेको छ । यस वर्ष शेयर पुँजीलाई शेयर र शेयर बचतमा समायोजन गरी प्राथमिक पुँजी कोष र कुल पुँजी कोषसँग जोड्ने विशेष व्यवस्था गरिएको जसले सदस्यहरूलाई आगामी दिनमा राम्रो प्रतिफल दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।अहिले सहकारी क्षेत्रमा ऋण माग न्यून रहेको र असुलीमा चुनौती बढेको भन्दै संस्थाले ऋण लगानी घटेको अवस्थामा करिब ५० प्रतिशत तरलता कायम गरेको छ ।

संस्थाको मुख्य सेवा केन्द्र रत्ननगर-१ सौराहाचोकमा रहेको छ भने रत्ननगर-१३ जयमङ्गला, नारायणगढ लायन्स चोक, पदमपुर, खोलेसिमल, पर्सा र माडीमा पनि सेवा केन्द्र सञ्चालनमा छन् । कार्यक्रममा संस्थाका अध्यक्ष प्रेमकृष्ण खनाल, निवर्तमान अध्यक्ष हरिभक्त घिमिरे लगायतको उपस्थिति थियो भने शेयर सदस्यहरूले आफ्ना जिज्ञासा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.