Introduction

परिकल्पनाः २०६५ साल बैशाख १ गतेका दिन रत्ननगर–२, टाँडी बजारमा रहेको तल्कालीन चितवन हार्डवेयरको परिसरमा श्री कमलचन्द्र खनाल, श्री हरिभक्त घिमिरे, श्री मेघनाथ लामिछाने, श्री भिष्मराज न्यौपाने, श्री ब्रदीनाथ घिमिरे, श्री भुपेन्द्र प्रसाद अधिकारी र श्री रवि प्रसाद सुवेदी सहित ७ जनाको अनौपचारिक बैठकमा श्री मेघनाथ लामिछानेले यस क्षेत्रका ब्यक्तिहरुको स्वामित्वमा कुनै पनि वित्तीय संस्था नरहेकोले स्थानीय प्रतिष्ठित ब्यक्तिहरुको पहलमा एउटा वित्तीय सहकारी संस्था स्थापना गर्न सकिए यस क्षेत्रको उत्कृष्ट एवम् नमूना वित्तीय संस्थाको रुपमा विकास सञ्चालन गरी सदस्य सहित यस क्षेत्रका बासिन्दाको आर्थिक, सामाजिक एवम् सांस्कृतिक विकास गर्न सकिने प्रवल सम्भावना देखाइ सहकारी संस्था स्थापनाको लागि प्रस्ताव गर्नु भए बमोजिम उक्त सम्बन्धमा व्यापक छलफल विश्लेषण भई संस्था स्थापना गर्ने निर्णय गरी एक जनाले कम्तिमा ५ जना सदस्य जुटाउने प्रतिबद्धता लिई यस क्षेत्रका विभिन्न पेशा व्यवशायमा संलग्न प्रतिष्ठित महानुभावहरुलाई आमन्त्रण गरी २०६५ जेष्ठ १२ गतेका दिन तत्कालिन चितवन रिल्याक्सिंग होटेलमा प्रथम प्रारम्भिक भेला सम्पन्न गरी संस्था स्थापनाको शुरुवात भएको थियो ।

संस्थाको प्रथम प्रारम्भिक भेला र नामकरणः
श्री लव प्रसाद सुवेदीको प्रस्ताव बमोजिम प्रथम प्रारम्भिक भेलाले संस्थाको नाम युनिक बचत तथा ऋण सहकारी संस्था लि. चयन गरी कमलचन्द्र खनालको अध्यक्षतामा ७ सदस्यीय तदर्थ सञ्चालक समिति र नुरनाथ सुवेदीको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति गठन गर्ने सर्वसम्मत निर्णय ।
तदर्थ संचालक समिति
अध्यक्षः श्री कमलचन्द्र खनाल
उपाध्यक्षः श्री हरिभक्त घिमिरे
सचिवः श्री मेघनाथ लामिछाने
कोषाध्यक्षः श्री रबि प्रसाद सुवेदी
सदस्यः श्री बद्रीनाथ घिमिरे
सदस्यः श्री सुरेन्द्रनाथ रेग्मी
सदस्यः श्री भिष्मराज न्यौपाने
लेखा समिति संयोजकः श्री नुरनाथ सुवेदी
सदस्यः श्री लव प्रसाद सुवेदी
सदस्यः श्री रघुनाथ भट्ट

दोस्रो प्रारम्भिक भेला र संस्था दर्ताः
⦁ २०६५/०२/१८ गतेका दिन सम्पन्न दोस्रो प्रारभिक भेलाले संस्थाको विनियम, बचत तथा ऋण नीति र व्यवसायिक योजना सर्वसम्मलिते पारित
⦁ २०६५ असार ९ गतेका दिन सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय, भरतपुरमा (दर्ता नं. ७६७/२०६४/६५) अन्तर्गत विधिवत रुपमा संस्था दर्ता भइ दर्ता प्रमाण पत्र प्राप्त । कार्यक्षेत्र – र.न.पा.का सबै वडाहरु ।
⦁ चुक्ता पूँजी रु.२ लाख ७० हजार र संस्थापक सदस्य २७ जना र संस्था दर्ता भएकै दिनमा ७६ जनालाई सदस्यता प्रदान गरि संस्थापक सदस्य संख्या १०३ जना कायम । क्रमश ः सदस्य वृद्धि हुँदै १ वर्षभित्र १९२ जना कायम ।
⦁ २०६५/३/२८ गते दिन संस्थाको प्रारम्भिक साधरणसभा सम्पन्न ।
⦁ २०६६/४/२८ गते सोमबारका दिन देखि संस्थाको औपचारिक वित्तीय कारोबारको सुरुवात ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.