बारा– बासगढी ३, खोपवा स्थित श्री अपन बचत तथा ऋण सहकारी संस्था लि। बाट मिति २०८२ चैत १९ गते यस युनिक बचत तथा ऋण सहकारी संस्था लि।को अध्ययन अवलोकन भ्रमण सम्पन्न भएको छ।
श्री अपन साकोसले आफ्ना सञ्चालक समिति सदस्य तथा सेयर सदस्यहरूलाई समेटी युनिक साकोसमा अध्ययन अवलोकन भ्रमणको कार्यक्रम तय गरेको थियो । यस अध्ययन अवलोकन भ्रमणमा युनिक साकोसले आफ्ना गतिविधि, वित्तीय तथा गैर वित्तीय सेवा, संस्थागत व्यवस्थापन प्रणाली तथा सहकारी सञ्चालनका असल अभ्यासहरूबारे सहभागीहरूबीच प्रस्तुतीकरण तथा अन्तरक्रिया गरेको थियो।
साकोसले सहकारी संस्थाहरूबीच अनुभव आदान–प्रदान तथा सहकार्यलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्ता अध्ययन तथा अवलोकन भ्रमणलाई महत्वपूर्ण मान्दै आएको जनाएको छ। भ्रमणका क्रममा सहभागी सदस्यहरूले युनिक साकोसको व्यवस्थापन प्रणाली, सदस्य सेवा, बचत तथा ऋण कार्यक्रम, सूचना प्रविधिको प्रयोग तथा संस्थागत गतिविधिहरूको अवलोकन गरेका थिए।
यस भ्रमणमा श्री अपन साकोसको तर्फबाट भ्रमण टोलीको नेतृत्वकर्ता संचालक उपाध्यक्ष मति निर्मला देवि थरुनी, सचिव प्रभु प्रसाद चौधरी, कोषाध्यक्ष गौरीशंखर राय, प्रवन्धक ध्रुव प्रसाद चौधरी लगायत २७ जना शेयर सदस्यहरू र युनिक साकोसको तर्फबाट कोषाध्यक्ष केशव प्रसाद रिजाल र व्यवसाय प्रबर्द्धन विभाग प्रमुख सबिना सेखको सहभागीता रहेको थियो ।

