श्री देवता बागमती बहुउद्देश्य साकोसबाट अध्ययन अवलोकन भ्रमण:

बागमती –ललितपुर ७ स्थित श्री देवता बागमती बहुउद्देश्य बचत तथा ऋण सहकारी संस्था लि। बाट मिति २०८२ चैत ९ गते यस युनिक बचत तथा ऋण सहकारी संस्था लि।को अध्ययन अवलोकन भ्रमण सम्पन्न भएको छ।

श्री देवता बागमती बहुउद्देश्य साकोसले आफ्ना सञ्चालक समिति सदस्य तथा सेयर सदस्यहरूलाई समेटी युनिक साकोसमा अध्ययन अवलोकन भ्रमणको कार्यक्रम तय गरेको थियो । यस अध्ययन अवलोकन भ्रमणमा युनिक साकोसले आफ्ना गतिविधि, वित्तीय तथा गैर वित्तीय सेवा, संस्थागत व्यवस्थापन प्रणाली तथा सहकारी सञ्चालनका असल अभ्यासहरूबारे सहभागीहरूबीच प्रस्तुतीकरण तथा अन्तरक्रिया गरेको थियो।

साकोसले सहकारी संस्थाहरूबीच अनुभव आदान–प्रदान तथा सहकार्यलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्ता अध्ययन तथा अवलोकन भ्रमणलाई महत्वपूर्ण मान्दै आएको जनाएको छ। भ्रमणका क्रममा सहभागी सदस्यहरूले युनिक साकोसको व्यवस्थापन प्रणाली, सदस्य सेवा, बचत तथा ऋण कार्यक्रम, सूचना प्रविधिको प्रयोग तथा संस्थागत गतिविधिहरूको अवलोकन गरेका थिए।

यस भ्रमणमा श्री देवता बागमती बहुउद्देश्यको तर्फबाट भ्रमण टोलीको नेतृत्वकर्ता संचालक अध्यक्ष काशीनाथ सापकोटा, सचिव जय बहादुर भुलुन, कोषाध्यक्ष बुधमाया थापा मगरल गायत ३१ जना शेयर सदस्यहरू र युनिक साकोसको तर्फबाट अध्यक्ष प्रेमकृष्ण खनाल, प्रमुख कार्यकारी अधिकृत मेघनाथ लामिछाने र व्यवसाय प्रबर्द्धन विभाग प्रमुख सबिना सेखको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.